मकवानपुरमा एक महिलाले आफूसहित दुई छोरालाई विष खुवाउँदा एक छोराको ज्यान गयो

 जेठ १८, २०८० बिहिबार ११:४७:४८ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – मकवानपुरमा एक महिलाले आफूसहित दुई छोरालाई विष खुवाएकी छिन् । 

हेटौँडा–१५, जाँतेकी ३६ वर्षीया एक महिलाले हिजो बेलुका सात वर्षीय र १८ महिने छोरालाई विष खुवाएर आफूले पनि खाएकी प्रहरीले जनाएको छ ।

विष खाएका १८ वर्षका छोराको उपचारका क्रममा बिहान ज्यान गएको छ भने महिला र उनका अर्का सात वर्षका छोराको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सात वर्षका छोरा गम्भीर बिरामी नभए पनि महिलाको अवस्था गम्भीर छ ।

उनले झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको पाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया