झिमरुक गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारी ‘कुटे’, पालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

 जेठ २४, २०८० बुधबार १९:२५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।

पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीलाई भुक्तानी दिन भन्दै अपशब्द बोलेर हातपात गरेका कर्मचारीहरूले आरोप लगाएका छन् । जिसीले यो विषय प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने क्रममा सबै शाखाका कर्मचारी जम्मा भएका थिए ।

सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिलन एमसीले टेलबमा पैसा फ्याँक्दै अश्लील गाली गरेको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ । एमसीले आफू माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष रहेको भन्दै धम्की पनि दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीहरूले मिलन एमसीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आग्रह गरेका छन् । कारबाही नभएसम्म झिमरुक गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा प्रवाह अनिश्चितकालका लागि बन्द हुने कर्मचारीहरूले जनाएका छन् ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Prem sunar

    June 8, 2023, 1:43 p.m.

    बाउ को पावर देखायको होला साला यस्लै कार्बाइ हुनै पर्छ

  •  0 Reply
  • लाल सिङ्ह धामी

    June 7, 2023, 11:10 p.m.

    छानबिन गरि दोशी त्यस्ता ब्याक्ती लाई हदै सम्म को कार्भाइ हुनु पर्छ ।

  •  0 Reply
  • Raju Sunar

    June 7, 2023, 11:01 p.m.

    duty मा भएको कर्मचारी माथी हातपात गर्ने र पैसा को पावर देखाउने लाई कार्बाही हुनै पर्छ

  •  0 Reply
  • Bhandari

    June 7, 2023, 9:44 p.m.

    तुरुन्त कारबाही हुनुपर्छ

  •  0 Reply
  • Sikendra

    June 7, 2023, 8:59 p.m.

    दु:खद घटना ।दोषी लाइ कारबाही होस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया