काठमाण्डाैमा कफी सम्मेलन हुने

 जेठ ३०, २०८० मंगलबार ८:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौमा असार २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ ।

नेपाल कफी व्यवसायी महासङ्घले काठमाण्डाैकाे नयाँबजारमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, आयोजना गर्न लागेको हो । महासङ्घले कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको छ । प्रदर्शनीमा ४० वटाभन्दा बढी स्टल रहने महासङ्घले जनाएकाे छ । सम्मेलनमा कफीसँग सम्बन्धित विभिन्न विधामा प्रतिस्पर्धा र पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।

उद्यमी व्यवसायीका आफ्ना उत्पादनहरूको प्रदर्शनी तथा यस क्षेत्रको समग्र विकासमा सकारात्मक योगदानका लागि सम्मेलन तथा प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको महासङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनमा कफीको आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्न विद्यमान तथा आवश्यक नीतिमा छलफल एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबीच अन्तर्क्रिया गरिनेछ । सम्मेलनबाट कफीका उत्पादकहरू, सम्बन्धित उद्यमीहरूलगायत यस क्षेत्रमा रुचि राख्नेहरूका लागि सकारात्मक सहयोग पुग्ने महासङ्घका महासचिव सन्तोष पोखरेलले बताउनुभयो ।

 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया