गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको क...
माघ ४, २०८१ शुक्रबार
कास्की – फेवातालको सिरानको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ ।
मङ्गलवार महानगरबाट गएको नगर प्रहरीको टोलीले दुई वटा डोजर लगाएर प्लटिङ भत्काएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिनुभयाे । सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन नगर प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको थियो ।
सिमसार पुरेर घडेरी बनाएका समाचारहरू आएपछि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको संयोजकत्वमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्यसहितकाे टाेली अनुगमनमा गएकाे थियाे । टाेलीले सिमसार क्षेत्र मास्ने गरी धमाधम पुरेर प्लटिङ गरेको भन्दै अनधिकृत कार्य तत्काल रोक्ने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।