कैलालीका नेपाल–भारत सीमा स्तम्भको मर्मत शुरू

 माघ ४, २०८१ शुक्रबार १२:५८:२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

कैलाली – कैलालीमा नेपाल भारत सीमामा रहेका सीमा स्तम्भ मर्मत तथा रङरोगन शुरू भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको उपस्थितिमा नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमा स्तम्भ मर्मत शुरू गरिएको हो ।

टीकापुर नगरपालिका–८ मा रहेको खक्रौलामा रहेको ७३/२ सीमा स्तम्भमा रङरोगन गरी मर्मत शुरू गरिएको छ । टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भ मध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ । ७०४ सीमा स्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।

टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमा स्तम्भ र अन्य सहायक स्तम्भ रहेका छन् । प्रमुख जिल्ला अधिकारी हमालले नेपाल र भारतबीच खुला सिमाना भएकाले चोरी निकासीका साथै लागूऔषध  दुर्व्यसनीको समस्या विकराल बन्दै गएकाले यसलाई नियन्त्रण गर्न दुवैतर्फका सुरक्षा निकायले चासो दिनुपर्ने बताउनुभयो ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) ले सीमाको सुरक्षा गरिरहेको छ । जोर नम्बरका सीमा स्तम्भलाई भारतले र बिजोर नम्बरका सीमा स्तम्भ नेपालले मर्मत–सम्भार गर्नुपर्ने सम्झौतामा छ । कैलालीमा एक सय एक सीमा स्तम्भ रङरोगन तथा मर्मतसम्भार गरिने बताइएको छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया