सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

 असार १, २०८० शुक्रबार १६:१७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई छ महिनाका लागि निलम्बन गरेको छ । 

सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका पाललाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले हिजो बिहीवार गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । 

महेन्द्रनगरमा रहेको प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीले पालले आफूलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिनुभएको थियो । उजुरीलगत्तै पाललाई प्रहरी प्रधान कार्यालय बोलाएर छानबिन सुरु गरेको र छानबिन समितिको सिफारिसमा छ महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया