हुप्सेकोट गाउँपालिकाका १ सय ५ जना भूमिहीनलाई लालपुर्जा वितरण

 असार २, २०८० शनिबार १८:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिका वडा नम्बर २ का भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुले जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।

५६ जना भूमिहीन दलित र ४९ जना भूमिहीन सुकुम्बासीहरु गरी एक सय पाँच जनालाई उनीहरु बसेकै ठाउँको जग्गाको लालपुर्जा वितरण गरेको राष्ट्रिय भूमिआयोग जिल्ला समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका सदस्य सचिव खिमलाल गौतमले जानकारी दिनुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा लालपुर्जा वितरण गरेको उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया