पहिराेमा परेर उद्धार गरिएकी बालिकाको ज्यान गयाे

 असार ३, २०८० आइतबार १८:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवितै उद्धार गरिएकी बालिकाको ज्यान गएकाे छ ।

स्थानीयवासीले फालेलुङ–३ खोलाघारीमा रहेकाे मनप्रसाद राईको घरमा पुरिएकी नाै वर्षीया जुना सावदेनको आइतवार बिहान जीवितै उद्धार गरेका थिए । बिहान जीवितै उद्धार गरिएकी उनकाे पाँचथर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो ।

मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा परेकी थिइन् ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया