त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ५ जनाको मुद्दा सरकारले फिर्ता लियो

अनशनका लागि अदालत पुगेका चलाउने पक्राउ

 असार ४, २०८० सोमबार १४:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

उपप्राध्यापक चलाउनेलाई पक्राउ गर्दै प्रहरी

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाण्डाै जिल्ला अदालतबाट पक्राउ गरेको छ ।

चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने आज आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत काठमाण्डौ जानुभएको थियो । 

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसङ्घका हरि आचार्य, योगेन्द्र रावलसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा थियो । यो मुद्दा सरकारले फिर्ता लिएको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया