त्रिविका उपप्राध्यापक चलाउनेकाे समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ

 असार ५, २०८० मंगलबार ११:५८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग गर्दै काठमाण्डाै जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । आज मङ्गलवार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै प्रदर्शन गरेकाे हो ।

मन्त्रिपरिषद्को बैठकले गएको जेठ ३० गते नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाविरुद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो । मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा हिजो साेमवारदेखि अनशन पनि सुरु गर्नुभएको छ ।

चलाउनेमाथि गएको २०७७ असोज २० गते आक्रमण भएको थियो । चलाउनेले सुरु गर्नुभएको आन्दोलनमा ऐक्यबद्धता  जनाउँदै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

तस्बिर : प्रकाश विष्टकाे फेसबुकबाट

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया