ललितपुरकाे बाग्मती गाउँपालिका पूर्ण खाेप सुनिश्चित घाेषणा

 असार ६, २०८० बुधबार २०:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको बाग्मती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पालिकाभित्रका सात वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरी खोप नलगाएका बालबालिका सबैलाई खोप लगाइसकेको प्रमाणीकरण भएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । 

पालिकालाई पूर्ण खाेप सुनिश्चित घोषणा गरिएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका सदस्य सचिव डाक्टर अर्जुनप्रसाद सापकोटाले प्रदान गर्नुभयाे । घरधुरी सर्वेक्षणमा शून्य डोज खोप लगाएका बालबालिका शून्य रहेको र आंशिक खोप लगाएका बालबालिका सात जना भेटिएकामा उनीहरूलाई पनि खाेप लगाएकाे स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले जानकारी दिनुभयो ।

यस्ता बालबालिकालाई पालिकाको १५ वटा गाउँघर क्लिनिक, १७ वटा खोप केन्द्र, दुई वटा सामुदायिक स्वास्थ्य इकाइ र छ वटा स्वास्थ्य चौकीमा खोप लगाइएको थियो । 

अब आउने शनिवार महालक्ष्मी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया