काठमाण्डाै महानगरभित्र कुन व्यवसायमा कति कर ?

 असार ११, २०८० सोमबार ७:४:१३ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० हिजाे आइतवार नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आउँदाे आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ ।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाण्डाै महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि) घरेलुमा दर्ता भएका ५० हजार रुपैयाँ कर तिर्नुपर्नेछ । घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क दुई हजार रुपैयाँ, डिस्टिलरी उद्योगलाई ५० हजार रुपैयाँ, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई पाँच हजार रुपैयाँ र आयातयोग्य वस्तु तथा व्यवसायलाई १० हजार रुपैयाँ कर तोकिएको छ ।

चलचित्र निर्माण कम्पनीलाई १५ हजार रुपैयाँ तथा वितरक कम्पनीलाई  पाँच हजार रुपैयाँ कर तोकिएको छ । मिनरल वाटर उद्योगलाई पाँच हजार रुपैयाँ, आइसक्रिम उद्योग ठूलो (तीन किलोवाटभन्दा माथि) लाई  १० हजार रुपैयाँ र यस्तो घरेलु उद्योग (तीन किलोवाट सम्म) लाई दुई हजार रुपैयाँ कर तोकिएको छ ।

ब्रान्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई १० हजार रुपैयाँ र यस्ता घरेलु उद्योगलाई दुई हजार रुपैयाँ कर तोकिएको छ । डेरी उद्योगले १० हजार रुपैयाँ, कुटानी–पिसानी मिलले पाँच हजार रुपैयाँ, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले १२ हजार रुपैयाँ, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले पाँच हजार रुपैयाँ कर तिर्नुपर्नेछ ।

खाद्यान्न उद्योग (पाँच किलोवाटभन्दा माथि) का लागि १० हजार रुपैयाँ र यस्ता साना उद्योगलाई पाँच हजार रुपैयाँ कर तोकिएको छ । कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगले १० हजार रुपैयाँ कर तिर्नुपर्नेछ । कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार दुई हजार रुपैयाँदेखि १२ हजार रुपैयाँ, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि  ५० हजार रुपैयाँ, बोटल र जार पानी उद्योगका लागि सात हजार रुपैयाँ कर तोकिएको छ ।

त्यस्तै, डसना, कुसन बनाउने उद्योगलाई पाँच हजार रुपैयाँ र हर्बल उद्योगलाई दुई हजार रुपैयाँ कर लाग्नेछ । सडक पुल, रोपवे, रेलवे, टनेल, फ्लाइब्रिज तथा औद्योगिक, व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने उद्योग व्यवसायलाई २५ हजार रुपैयाँ कर लाग्नेछ । किराना पसल खुद्रा पसलका लागि दुई हजार रुपैयाँ, थोक किराना पसलका लागि पाँच हजार रुपैयाँ, थोक खाद्यान्न बिक्रेतालाई १० हजार रुपैयाँ, खाद्यान्न खुद्रा बिक्रीमा तीन हजार रुपैयाँ, मौरीपालन व्यवसायमा दुई हजार रुपैयाँ र कुखुराको चल्ला बिक्री गर्दा  तीन हजार रुपैयाँ कर तिर्नुपर्नेछ ।

त्यस्तै, फलफूल, जुस तथा तरकारी बेच्ने खुद्रा पसलका लागि एक हजार रुपैयाँ, फलफूल तथा तरकारी थोक पसलका लागि दुई हजार रुपैयाँ, फलफूल र बिरुवा बिक्रेता (नर्सरी) लाई दुई हजार रुपैयाँ कर तोकिएको छ । माछा/मासु, अण्डा खुद्रा बिक्रेताले दुई हजार रुपैयाँ पाँच सय र थोक बिक्रेताले ६ हजार रुपैयाँ कर तिर्नुपर्नेछ । प्रशोधित मासुजन्य बिक्री व्यवसायमा पाँच हजार रुपैयाँ कर तोकिएको छ । तरकारी खेती, पशुपक्षी पालनलगायत अन्य कृषिजन्य कार्य गर्ने व्यवसायका लागि दुई हजार रुपैयाँ, पेट शप (घरपालुवा पशुपक्षीको दाना/आहारा बिक्री) गर्ने थोक पसलका लागि सात हजार रुपैयाँ र खुद्रा पसलका लागि तीन हजार रुपैयाँ कर तोकिएको छ । त्यसैगरी, कुकुर प्रजनन केन्द्र (डग व्रिडिङ्ग फर्म) का लागि पाँच हजार रुपैयाँ, आधुनिक पशु बधशाला, तरकारीको बीउ बिजन खरिद बिक्री गर्ने पसलका लागि दुई हजार रुपैयाँ कर तोकिएको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटलका लागि एक लाख, चारतारे होटलका लागि ८० हजार रुपैयाँ, तीनतारे होटलका लागि ६० हजार रुपैयाँ, दुईतारे होटलका लागि  ४० हजार रुपैयाँ र एकतारे होटलका लागि २०  हजार रुपैयाँ कर लाग्नेछ । चलचित्र प्रदर्शनी घर, साधारण होटल, लज, गेष्टहाउस, ५० जनाभन्दा बढी क्षमताको होमस्टे, रेष्टुरेन्ट एन्ड बार (डान्स, दोहोरीबाहेक), ट्राभल एन्ड ट्रेकिङ एजेन्सीहरुका लागि १० हजार रुपैयाँ कर लगाइएको छ ।

मसाजपार्लर, स्पा, ज्याकुजी, सौनाबाथ, स्विमिङपुलका लागि पनि १० हजार रुपैयाँ कर तोकिएको छ । पर्यटकीय खेल (गल्फर्कोस, र्याफ्टिङ, सफारी, अश्वारोहण, स्किइङ, ग्लाइडिङ, वाटरर्याफ्टिङ पोनिट्रेकिङ, प्याराग्लाइडिङ, पोलो, बन्जिजम्प, केबुलकार, रिसोर्ट, होटल आदि) को सम्पर्क कार्यालयका लागि तीन हजार रुपैयाँ कर लाग्नेछ ।

विदेशी विमान सेवा प्रदायक कम्पनीलाई ५० हजार रुपैयाँ र स्वदेशी विमान सेवालाई २५ हजार रुपैयाँ कर तोकिएको छ । वायुयान भाडामा लगाउने व्यवसाय गर्ने कम्पनी, डिस्को, नाइट क्लब, वैदेशिक रोजगार सम्पर्क व्यवसायलगायतलाई लाई २५ हजार रुपैयाँ कर लाग्नेछ ।

त्यसैगरी, क्यासिनोमा तीन लाख रुपैयाँ र मिनी क्यासिनोलाई २५ हजार रुपैयाँ कर लगाइएको छ । ट्रेकिङ सामान पसल, मनोरञ्जन सेवा प्रदान गर्ने व्यवसाय, थान्का पसल, डान्स ट्रेनिङ सेन्टर, सङ्गीतसम्बन्धी सेवा प्रदान गर्ने व्यवसाय, ट्याटु हाउसलाई  पाँच हजार रुपैयाँ कर तोकिएको छ । ५० जनासम्मको होस्टेलका लागि तीन हजार रुपैयाँ र ५० जनाभन्दा बढीको होस्टेलले पाँच हजार रुपैयाँ कर तिर्नुपर्नेछ । मेकअप स्टुडियोले तीन हजार रुपैयाँ, पाँच रोपनीसम्म क्षेत्रफल भएको फन पार्कले १० हजार रुपैयाँ, दश रोपनीसम्म क्षेत्रफलमा फैलिएकाले २० हजार रुपैयाँ र दश रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कले  ३० हजार रुपैयाँ कर तिर्नुपर्नेछ ।

सञ्चार क्षेत्रतर्फ टेलिभिजन प्रसारण कम्पनीलाई पाँच हजार रुपैयाँ, एफएम स्टेसनलाई एक हजार रुपैयाँ, अनलाइन सेवा बिजनेसलाई दुई हजार रुपैयाँ, अनलाइन न्यूज पोर्टललाई पाँच सय, राष्ट्रिय पत्रिकालाई दुई हजार रुपैयाँ, स्थानीय पत्रिकालाई  एक हजार रुपैयाँ र साइबर क्याफेलाई दुई हजार रुपैयाँ कर तोकिएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया