माइतीघरमा देउराली सहकारीका बचतकर्ताकाे आन्दाेलन

 असार ११, २०८० सोमबार १८:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – ललितपुरकाे सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका बचतकर्ताले आन्दोलन गरिरहेका छन् । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि उनीहरूले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका हुन् ।

वडादेखि नगरपालिका, जिल्ला, प्रदेशका साथै सङ्घसम्म पुग्दा पनि समस्याको समाधान नभएपछि आन्दोलन गरिरहेको सहकारी पीडित विकासचन्द्र ढकालले बताउनुभयो । देउरालीले रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आग्रह गरे पनि बचतकर्ताले गरेको फोनसमेत नउठाएको सहकारी पीडितको भनाइ छ ।

२०७९ असारदेखि समस्यामा परेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले सातदोबाटो, सूर्यविनायक र न्युरोडमा रहेको सेवा काउन्टरका बचतकर्ता, सञ्चालक समिति र कर्मचारीलाई लक्षित गरी विज्ञप्तिमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ तर सहकारीले बचतकर्ताको समस्या सम्बोधनका लागि कुनै प्रयास नगरेका पीडित बागडोलका भानुप्रकाश जोशीले बताउनुभयो ।

सहकारीले केहीलाई जग्गा उपलब्ध गराइरहेको र केहीको बचत फिर्ता गरिरहेको, साना बचतकर्तालाई रकम व्यवस्थापन गर्ने  र छिटै उनीहरूलाई रकम बाँड्ने तयारी गरिरहेको अध्यक्ष रविन्द्र चौलागाईंले दाबी गरे पनि अहिलेसम्म यसबारे केही जानकारी नपाएको पीडितले बताएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया