सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत
फागुन २७, २०८१ मंगलबार
बाँके – नेपाल–भारत सीमामा रहेको जमूनाह नाकामा कण्डम फुलाएर शनिबार २४ औं कण्डम दिवस मनाइएको छ ।
भारत रोजगारीमा जाने नेपालीहरुको स्वास्थ्य सचेतनाका लागि सीमा नाकामा कण्डम फुलाउने प्रतिष्पर्धा समेत भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको समन्वय तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा ‘दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं’ भन्ने नाराका साथ नेपालगञ्जमा राष्ट्रिय कण्डम दिवस मनाइएको हो ।
नेपाल–भारत सीमा भएर ओहोरदोहोर गर्ने सर्वसाधारण लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहेको कार्यक्रममा पश्चिम तारा नेपालकी अध्यक्ष परीना चौधरीले कण्डम प्रयोग गर्ने तरिकाबारे जानकारी गराउनुभयो ।
दिवस अन्तर्गत कण्डम प्रयोगमा सचेतना ल्याउने उद्धेश्यले कण्डम फुलाउने प्रतियोगिता समेत भएको हो । नाकामा एचआईभी परीक्षण समेत गरिएको छ ।
कण्डम फुलाउने प्रतियोगितामा सहभागी मध्ये सबैभन्दा ठूलो फुलाउने रोहन थारु प्रथम, द्वितीय लक्ष्मण बिक र तृतीय जयकला बिक हुनुभयो । विजेतालाई जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रामबहादुर चन्दले नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा निःशुल्क कण्डम वितरण समेत गरिएको थियो ।
बाँके जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेमा एड्सबाट १ सय २८ जनाको मृत्यु भएको छ । कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ६५ पुरुष, ४ सय ३४ महिला र १३ जना तेस्रो लिङ्गी गरी एक हजार १२ जना एचआईभी संक्रमित रहेका छन् ।
ती मध्ये एआरटी सेवन गर्नेको सङ्ख्या ४ सय ६० जना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।