बाग्मती प्रदेशसभा भवन अगाडि धादिङका बाँदर पीडित किसानकाे प्रदर्शन

 असार १३, २०८० बुधबार १८:२२:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – धादिङका बाँदर पीडित किसानले बाग्मती प्रदेशसभा भवन अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधवार धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न माग गर्दै प्रदेशसभा भवन अगाडि सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकालगायतका एक सय ५० भन्दा बढी किसानले बाँदर नियन्त्रण गर्न माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरूले किसान मार्न पाइँदैन, बाँदर आतङ्क बन्द गर, प्रदेश सरकार कहाँ छ ? बाँदर पीडित यहीँ छन् लगायतका नारा लगाएका थिए ।

प्रदेशसभा भवन अगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जम्कट्टेलले किसानलाई छलफलका लागि बोलाउनुभएकाे छ । दुई वटा बस 'रिजर्भ' गरेर हेटौँडा आइपुगेका किसानले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको भन्दै आज प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।

बाँदर आतङ्कको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितको आरोप छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया