चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

 असार १४, २०८० बिहिबार १२:२२:४९ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाली चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । 

प्रायः शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आजै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । 'हामीले आजैदेखि प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ', उनले भने । 

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको यस चलचित्रलाई काठमाण्डौमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् । 

बुधवार बेलुका काठमाण्डौमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । 'चलचित्रकर्मीले दिएकाे प्रतिक्रियाले हामी उत्साहित भएका छौँ । अन्य दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा छौँ', लेखक खनालले भने। याे चलचित्रलाई शर्मीला पाण्डेले निर्माण गरेकी हुन् । 

अन्तिम अपडेट: भदौ ९, २०८०

तपाईको प्रतिक्रिया