ने क पा को चियापानमा देउवाले भने, देश मेलमिलापमा जानुपर्छ, सत्तापक्षको हातमा छ सबै कुरा

 कात्तिक १०, २०७५ शनिबार १८:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले गरेको चियापानमा सहभागी हुनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले शनिबार भृकुटीमण्डपमा गरेको चियापानमा सहभागी भएका कांग्रेस सभापति देउवालाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गर्नुभएको थियो ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण चियापानमा अनुपस्थित रहनुभयो । दिउँसो ३ बजेपछि प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली चियापानमा सरिक हुने बताइए पनि अन्तिम समयमा अस्वस्थका कारण उपस्थित हुन नसक्ने जानकारी गराइएको थियो ।

चियापानमा सहभागी भएर फर्कदै गर्दा कांग्रेस सभापति देउवाले मुलुकलाई राजनीतिक रुपमा मिलाएर लैजाने दायित्व सत्तापक्षको भएको प्रतिक्रिया दिनुभएको छ ।  देश मेलमिलाप र एकतामा गएको हो भनी संचारकर्मीले राखेको जिज्ञासामा देउवाले देशलाई मेलमिलापमा लैजाने जिम्मा सत्तापक्षको भएको संक्षिप्त प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘देश मेलमिलापमा जानुपर्छ । सत्ता पक्षको हातमा छ सबै कुरा ।’ चियापानमा सर्वसाधरणदेखि नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी नेता कार्यकर्ता लगाएको उल्लेख्य उपस्थिति थियो ।

पार्टी एकता पछिको पहिलो चियापान समारोह व्यवस्थापकीय दृष्टिबाट भने फितलो देखिन्थ्यो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया