पप्पु कन्स्ट्रक्शनका सञ्चालक राैनियार पक्राउ

 असार १५, २०८० शुक्रबार १८:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पप्पु कन्स्ट्रक्शनका सञ्चालक हरिनारायण रौनियार ठगीसम्बन्धी कसुरमा किटानी जाहेरीका आधारमा पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई आज शुक्रवार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनुभयो । 

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भए पनि काठमाण्डाैमा बस्ने भएकाले रौनियार पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर काठमाण्डाैलाई अनुरोध गरिएको थियो । 

रौनियार पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद्समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया