एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड अभिनेत्री दीपिका पादुकोण उनका लामो समयदेखि रहँदै आएका प्रेमी रणवीर सिंहसँग विवाह गर्दैछिन् ।
प्रेमी रणवीर सिंहसँग विवाह गर्ने बारेको खबर दीपिकाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी थिइन् । उनको यो खबरमा यस अघि दीपिकासँग प्रेम सम्बन्धका रहेका पूर्व प्रेमी सिद्धार्थ माल्याले विशेष तरिकाले प्रतिक्रिया दिएका छन् ।
दीपिका पादुकोण बलिउड फिल्म जगतमा आएसँगै उनको अफेयर कैयौं व्यक्तिहरुसँग चलेको थियो । फिल्म जगत, खेल जगत र उद्योग जगतका व्यक्तिहरुसँग उनको नाम जोडिइसकेको छ ।
रणवीर सिंहभन्दा अघि दीपिका भारतीय उद्योगपति विजय माल्याका छोरा सिद्धार्थ माल्याको प्रेममा थिइन् ।
दीपिकाले सामाजिक सन्जालमार्फत केही दिनअघि अभिनेता रणवीर सिंहसँग विवाह गर्ने बारेका जानकारी सहितको पोष्ट गरेकी थिइन् । त्यसको कमेन्ट बक्समा सिद्धार्थ माल्याले ‘माया’ र ‘चुम्बन’ सहितको इमोजी कमेन्ट गरेका छन् ।
दीपिका र सिद्धार्थ माल्याले आफूहरुबीचको सम्बन्ध सार्वजनिक रुपमा स्वीकार भने कहिल्यै गरेका थिएनन् ।
तर यी दुवै त्यस समयमा हुने आईपीएल म्याचको बेला तथा अन्य विभिन्न पार्टीहरुमा सँगसँगै सहभागी हुने गर्थे । दुबैका तस्विरहरु मिडिया तथा सामाजिक सञ्जालमा भाइरल हुने गर्थे ।
यी दुईबीचको प्रेम सम्बन्ध अहिले टुटिसकेको छ । तर दीपिकासँग छुट्टिइसकेका सिद्धार्थ अहिले पनि दीपिकाको हरेक कुरामा चासो राख्ने गर्छन् ।
दीपिका पादुकोण र रणवीर सिंह यसै वर्षको नोभेम्बर १४ र १५ मा विवाह गरिरहेका छन् ।
यी दुवैले विवाह कुन स्थानमा गर्ने भन्ने बारेको आधिकारिक जानकारी भने दिइसकेका छैनन् ।
तर मिडियाहरुका अनुसार दीपिका र रणवीर इटालीको लेक कोमोमा विवाह गर्ने खबरहरु सार्वजनिक भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।