अपडेट : काभ्रे दुर्घटनामा पत्रकार, बहालवाला डीआईजी र मजदुर नेताको मृत्यु

 कात्तिक १०, २०७५ शनिबार १८:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – काभ्रेको मन्डन देउपुर नगरपालिका–५ मा रहेको ढकाल थोकमा बा ३ च २८७ नम्बर को जीप दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले दिनुभएकाे जानकारी अनुसार मण्डन देउपुर–४, का जीवन पराजुली, नमोबुद्ध नगरपालिका १० का विनोद कार्की र मानव श्रोत अन्तर्गत केन्द्रीय कार्यालयमा कार्यरत शुशिल भण्डारीको दुर्घटनामा मृत्यु भएको छ ।

पराजुली र कार्कीको घटनास्थलमा नै र डीआईजी भण्डारीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पराजुली एभिन्यूज टेलिभिजन काभ्रेमा सम्बाददाताका रुपमा कार्यरत थिए । कार्की ट्रेड यूनियन कांग्रेसका ३ नम्बर प्रदेशका संयोजक हुन् ।

घाइते तीनजनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेमा एपीएफका पूर्व डीएसपी विनोद गौतम, धनराज पुरी र प्रदीप बोगटी छन् । गाडी बोगटीले चलाउनुभएको थियो ।

घाइते बोगटीका अनुसार बिजुलीको तार छलाउने क्रममा कोदोबारीमा चिप्लिएर जीप दुर्घटना भएको थियो । मृतक पराजुली र कार्कीको शव भने पोष्टमार्टमको लागि शीर मेमोरियल अस्पतालमा ल्याइएको छ भने भण्डारीको शव धुलिखेल अस्पतालमा छ ।   
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया