भ्रष्टाचारविरूद्धको अनुसन्धान कुनै हालतमा रोकिन्न, गठबन्धन पाँच वर्ष ढुक्कले चल्छ ः प्रधानमन्त्री प्रचण्ड

 असार १६, २०८० शनिबार १४:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउनुभएको छ ।

आज पोखरामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले कुनै पनि प्रभाव र दबाबमा भ्रष्टाचारविरुद्धका अनुसन्धान र कारबाही नरोकिने बताउनुभएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण, यसमा सरकार दृढताका साथ अगाडि बढेको र थप तीव्रताका साथ अघि बढ्ने प्रचण्डको दाबी छ । भ्रष्टाचार देशको विकराल समस्या बन्दै गएकोले यसलाई हटाउन आफूले निकै मेहेनत गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

अनुसन्धानमा प्रहरीलाई निष्पक्ष ढङ्गले काम गर्न दिइएको र आवश्यक सहजीकरण भइरहेको प्रचण्डले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले धराशायी हुने चिन्ताबाट अर्थतन्त्र लयमा फर्किएको बताउनुभयो । आफ्नो भारत भ्रमण निकै सफल भएको दाबी गर्दै प्रचण्डले छिटै चीन भ्रमण पनि हुने  र त्यसको तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै  यो गठबन्धनलाई कसैले तोड्न नसक्ने दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया