निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंको बिहे मंसिरमा

 कात्तिक ११, २०७५ आइतबार ८:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यति बेला नायिका दीपिका प्रसार्इं अभिनित चलचित्र छक्का पञ्जा ३ देशै भरका चलचित्र घरहरुमा लागि रहेको छ । केही समय अघि दीपिका प्रसाईंले चलचित्र युनिटलाई प्रमोसनका लागि समय नदिएका कुराले दीपिका चर्चामा थिइन् । 

धेरैले उनको आलोचना समेत गरेका थिए । चलचित्र छक्का पञ्जा ३ अत्याधिक सफलताका साथ लागिरहेको छ । पहिलेको चर्चा सेलाउन नपाउँदै यति बेला नायिका दीपिका प्रसाईको चर्चा चलचित्र नगरीमा उत्कर्षमा छ । निर्देशक दीवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेको कुरा बाहिरिए सँगै उनीहरुको चर्चा बाढेको हो । 

निर्देशक दीवाकर र नायिका दीपिका दुवैले एकै समयमा आ–आफ्नो आधिकारिक फेसबुकमा तस्बिर हालेका थिए । तस्बिरमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । निर्देशक दीवाकरले एक अर्काको तस्बिर सँगै प्रेमभाव झल्किने क्याप्सन पनि लेखेका छन् । उनले “र उनि मेरा लागि सँधै । समय समयमा म आफैँलाई चिमोट्ने गर्छु तिमीलाई पाएको मा । तिमी मेरो सपना थियौ पूरा भयौ ।” यता नायिका दीपिका प्रसाईंले पनि फेसबुकमा तस्बिर राख्दै लेखेकी छिन् ‘र उहाँ मेरो लागि सँधै ♥ ।’ 

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं प्रेममा रहेको कुरा बेला बेला सञ्चारमाध्यममा यस अघि नै आउने गरेका थियो । तर उनिहरुले अहिलेसम्म खुलाएका थिएनन् । हुन त दीपिकालाई चलचित्र नगरीमा ल्याउने दीवाकर नै भएको चर्चा पनि बेला बेलामा हुने गरेको छ । दीपिका प्रसाईंका अनुसार उनी चलचित्र क्षेत्रमा आउन अघि नै उनिहरुबीच चिनजान थियो । चिनजान पहिले बाट नै भएको भए पनि दीपिका र दीवाकर चलचित्र ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएको बुझिएको छ । 

उनीहरुले विवाह भने मंसिरमा गर्ने तयारी भएको बताइएको छ । दीवाकर भट्टराई निर्देशित नयाँ चलचित्र ‘क्याप्टेन’ शिवरात्रीको नजिक पारेर रिलिज हुने तयारीमा छ । उनले निर्देशन गरेको चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा रहेका छन् । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया