रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरब...
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – नेपाल प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आइतबारदेखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्दैछ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन गरिने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।
हत्या, हिंसा र बलात्कारका घटना कम गर्न स्थानीय तह र विद्यालयमा शिक्षक तथा विद्यार्थीसँग मिलेर कार्यक्रम गरिने पनि प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँमा र सातवटै प्रदेशका मुख्यमन्त्री र जिल्लामा जिल्ला समन्वय समितिका अध्यक्षले सबै जिल्लामा अभियान उद्घाटन गर्ने कार्यक्रम छ । यो अभियान ७ सय वटै ५३ स्थानीय तहमा सञ्चालन गरिने छ ।
यसका लागि १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावकसंलग्न हुने प्रहरीले जनाएको छ । यसका लागि १० हजार प्रहरी परिचालन गरिने पनि उहाँले बताउनुभयो । नेपाल प्रहरीले यसअघि ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको सेवा’ लगायत कार्यक्रम ल्याए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।