वैशाखसम्म चल्नुपर्ने चिनी उद्योग उखु अभावले फागुनमै बन्द हुन थाले

 फागुन २६, २०८१ सोमबार १५:१६:४१ | रासस
unn.prixa.net

फाइल तस्वीर

महाेत्तरी – एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । यति बेला व्यस्त हुनुपर्ने महोत्तरीको एभरेष्ट चिनी उद्योग यस वर्ष उखु नपाएपछि बन्द हुने अवस्थामा पुगेको छ ।

उखु अभावकै कारण सर्लाहीको महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योगले त चालू सिजनको उखु क्रसिङ बन्द गरिसकेका छन् । इन्दुशङ्कर चिनी उद्योगले पनि भोलिदेखि उखु क्रसिङ बन्द गर्ने बताएको छ । फागुन र चैतमा अत्यधिक व्यस्त रहेर वैशाखमा उत्पादन घटाउँदै लैजानुपर्नेमा अहिले नै बन्द गर्नुपर्दा उद्योग समस्यामा पर्ने देखिएको सञ्चालकहरूको भनाइ छ ।

महोत्तरीमा एक दशकअघि १५ हजार बिघाभन्दा धेरै जमिनमा उखु खेती हुने गरेकोमा अहिले आठ हजार बिघाको हाराहारी मात्रै छ । तीन वर्षअघि त पाँच हजार बिघामा झरिसकेको थियो । उद्योगले भुक्तानी सहज बनाएपछि केही बढेको हो । तर पर्याप्त छैन ।

फागुनमै उद्योगलाई उखु अभाव हुनुको मुख्य कारण खेती घट्नुसँगै किसानले उखु आफैँ पेल्नु पनि रहेको छ । सरकारले न्यूनतम मूल्य कम तोक्दा कतिपय किसानले उद्योगलाई उखु दिएका छैनन् । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था भए पनि समयमा नदिएकाे किसानहरूकाे गुनासाे छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया