रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरब...
फागुन २७, २०८१ मंगलबार
दाङ – सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ ।
नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध विच्ेछदका लागि मुद्दा दर्ता गराउन सक्ने व्यवस्थापछि जिल्ला अदालत दाङमा पत्नीसँग सम्बन्ध विच्छेदका लागि दुई महिनामा ५७ जना पुरुषले मुद्दा दर्ता गराएका छन् ।
यस्तै ४७ महिलाले पनि पतीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि सम्वन्ध बिच्छेदको माग गर्ने पुरुषहरुको संख्या बढेको जिल्ला अदालत दाङका श्रेस्तदार चुडामणि रेग्मीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार, पारिवारिक असमझदारी, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु सम्बन्ध विच्छेदका प्रमुख कारण रहेको अदातलका श्रेस्तदार रेग्मीको भनाई छ ।
गएको आर्थिक वर्षमा दाङमा ६ सय ४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकामा ४ सय ९५ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।