मकवानपुरमा दुई वटा ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गयो, दुई जना घाइते

 असार २३, २०८० शनिबार ८:१४:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवनको राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ,  त्यहि ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार का २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

तीन जनाको शव हेटौंडा अस्पतालमा राखिएको छ । घाइते भएका ना ६ ख ६६६७ नम्बरको ट्रकमा सवार चितवनको राप्ति नगरपालिका वडा नम्बर–३ का बिबेक तामाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ का अर्जुनकुमार प्रजालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति २ बजे मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्रकमा लागेको आगो दमकलको सहयोगमा बिहान निभाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया