मुहार फेर्दै काठमाण्डौ (फोटो फिचर)

 असार २३, २०८० शनिबार ९:१८:० | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ र ललितपुर महानगरपालिकाका मुख्य सडकपेटीमा ढकमक्क फूलेका फूलका गमला र हरिया बिरुवा सजिन थालेका छन् । थरीथरीका फूल र विरुवाले सडकपपेटी सजिन थालेपछि मुख्य सडक र शहरको रुप नै फेरिएको छ ।

काठमाण्डौ महानगरपालिकाले असार १६ गते देखि मुख्य ठाउँका व्यस्त सडपेटीमा फूलका गमला राखेर सजाउन थालेको हो । सेता, निला, पहेँला, राता थरीथरीका फूल र हरिया बिरुवाले अहिले काठमाण्डौका सडकपेटी बगैँचा जस्तै सुन्दर देखिएका छन् ।

सबैभन्दा सुन्दर त बबरमहल र नयाँ बानेश्वरको जोड्ने बिजुलीबजारको पुल (आर्क ब्रिज) देखिएको छ । बिजुलीबजारको पुल यसै पनि आकर्षक छ । पुलसँग जोडिने दुबैतिरको सडकमा हरिया बोटबिरुवाले हरियाली थपेको छ । त्यसैमाथि पुलमै ढकमक्क फूलेका फूलका गमला राखेपछि पुल मात्रै होइन, वरपरको सडक नै झकिझकाउ देखिएको छ ।


ललितपुर महानगरपालिकाले त पहिलेदेखि नै सडकपेटीलाई फूलले सजाउन थालेको हो । जावलाखेल, पुल्चोक, लगनखेल, मंगलबजार लगायतका सडक पेटी पनि रंगीचंगी फूलले सजिएको छ । फूलका गमला राखिएको ठाउँमा बस्नलाई बेन्च र टहल्न मिल्ने ठाउँ पनि छ ।

कुनै कुनै ठाउँमा फूलसँगै रुखकाबिरुवा पनि रोपिएका छन् । हरिया रुख र थरीथरीका फूलले चक्रपथको दायाँबायाँ क्षेत्र आकर्षक देखिन्छ । बिरुवा रोपेकै ठाउँमा दुबो लगाएर चिटिक्क पारिएको बगैँचा छ । बगैँचामा नासपाती, अम्बा, धुपी, तेजपत्ता, समी, कपुर लगायत १५/१६ फिट अग्दा बिरुवा रोपिएका छन् ।

अन्तिम अपडेट: कात्तिक २१, २०८०

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया