१६ हजार रुपैयाँ घुस लिँदै गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

 असार २६, २०८० मंगलबार १६:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डाैकाे सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ परेकाे छ । 

आयाेगकाे टाेलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेकाे सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई १६ हजार रुपैयाँ घुस लिँदै गर्दा आज मङ्गलवार पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कमा रहेकाे गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको हाे । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Indra Prasad Ghimire

    July 12, 2023, 2:09 p.m.

    उज्यालोको यो समाचारले उसकै साख गिरेको छ मेरो नजरमा! म त्यस विद्यालयका प्र अलाई राम्ररी चिन्दछु। यो कुनै हालतमा पनि हुन सक्दैन। समाचारको आधार नै अस्पष्ट देखिन्छ।

  •  0 Reply
  • Siddhi Ganesh student

    July 11, 2023, 7 p.m.

    Nabhayako Samachar na halnus. Bina pramanit nabhayako kura nagarnu hola kripaya rmro sanga bujyera post garnus.Kunai kura ko adhikar Cha bhandaima durupayog nagarnus

  •  0 Reply
  • Puja kc

    July 11, 2023, 6:37 p.m.

    Laag saram nabhako jathababi news lekhxas talai ghus leko proof pani haal news halxas

  •  0 Reply

तपाईको प्रतिक्रिया