कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ_ वितरण गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको सिभिल क्यापिटलले जनाएको छ । सो कम्पनीको शेयरमा ८३ हजार ३१६ जना लगानीकर्ताले आवेदन दिएका थिए । कूल मागको ४।४३ गुणा बढी हो ।
कम्पनीले धादिङको आँखुखोलामा ८।४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावितलाई समेत साधारण शेयर बिक्री गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।