काठमाण्डाै उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

 साउन ३, २०८० बुधबार २०:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले आज बुधवारदेखि ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारामा रहेकाे बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक शुरुवात गर्नुभएको हो ।  

गाडी पूर्णरूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभाबी चढ्ने र ओर्लने, गाडीकाे झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता गर्दा पनि दुर्घटना हुँदै आएकाले सचेत गराउन याे कार्यक्रम शुरु गरिएको पोरखेलले बताउनुभयो ।

सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको शुरुवात गरिएको उहाँले बताउनुभयो । जाँड–रक्सी तथा लागुपदार्थ सेवन गरेर गाडी चलाएको शङ्का लागेमा, गाडीमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र गाडीमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ । 

कार्यक्रममा बस बिसौनीबाट मात्र गाडी चढौंँ, गाडीमा हुने पकेटमारीबाट बचौंँ, गाडीमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौँं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो । 

ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने ठाउँ काठमाण्डाैका न्युरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आउँदाे १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • याम बहादुर कार्की

    July 19, 2023, 10:10 p.m.

    ट्राफिक प्रहरी अभियान अत्यन्त हास्यास्पद ।पहिला यात्रु मैत्री बस स्टोपेज्ज को ब्यबस्थापन ।बर्दिधारी गुन्डागर्दी शैली को अन्त्य असिस्ट भाषा प्रयोग बन्द गर्नुपर्ने चालक मैत्री ब्याबहार मा प्रतीबद्ध अनी मात्र अभियानमा निखारता ।

  •  0 Reply

तपाईको प्रतिक्रिया