गौचन हत्या प्रकरणमा संलग्न तीनजना पक्राउ

 कात्तिक १२, २०७५ सोमबार १५:१८:२४ | उज्यालो सहकर्मी

काठमाडौं – निर्माण व्यवसायीका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंले शरदकुमार गौचनको हत्याकाण्डमा संलग्न अभियुक्तहरु रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्सान तामाङलाई पक्राउ गरेको हाे ।

२०७४ असोज २३ गते नयाँ बानेश्वर नजिकै खरिबोट चोकमा गौचनको गोली हानी हत्या भएको थियो । प्रहरीले गौचनको हत्यामा संलग्नलाई खोजी गरिरहेको थियो ।

महानगरीय अपराध महाशाखाले काठमाडौंमा पत्रकार सम्मेलन गरी गौचनको हत्यामा संलग्न लोप्साङ तामाङ, रोशन बुढाथोकी र अम्बरबहादुर रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

झापाको काँडडभिट्टामा लुकीछिपी बस्दै आएका तीनै जना फरार अभियुक्तहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्त लोप्साङ तामाङ यसअघि रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त रहेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसैगरी राना गौचन हत्याका मुख्य सुटर हुन् । प्रहरीले उनीहरुको साथबाट सामसुङ जे सेभेन मोबाइल एक थान, ओप्पो मोबाइल एक थान, सामसुङ डयूज मोबाइल एक थान जियोक्स मोबाइल एक थान बरामद पनि गरेको छ ।

गएको माघमा प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनकाे हत्या काण्डका मुख्य सुटर श्यामबहादुर गोम्बीलाई पक्राउ गरेको थियो । बारा घर भएर चितवन बस्ने ३२ वर्षका बागमारे भनिने श्याम बहादुर गोम्बी गुरुङ्गलाई चितवनबाट पक्राउ गरिएको थियो।  गुम्बी नेपाल आर्मीका भगौडा रहेको प्रहरीले जनाएको थियो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया