बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित सात वटा सडक अवरुद्ध, २१ वटा सडक एकतर्फी

 साउन १४, २०८० आइतबार ११:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको हो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन डेढ दुई घण्टा लाग्ने कार्यालयले जनाएको छ ।

पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न सात सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक खण्ड अवरुद्ध छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ को ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध  भएको हो ।  गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै, तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माँझीटार अमरापुरडाँडा गणेशचोक सडक खण्ड, तानसेन रिडी कोरला सडक, डुम्र बेसीसहर चामेको लमजुङखण्ड तथा डुम्र बेसीसहर चामेको मनाङखण्डमा पहिराेको कारण सडक अवरुद्ध छ ।

यस्तै, ठोरी भरतपुर मुग्लिन आँबुखैरनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिवास रोइला भञ्ज्याङ सडक अवरुद्ध छ । यस्तै, २१ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका विभागले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया