मकवानपुरकाे ज्यामिरेमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे

 साउन १५, २०८० सोमबार ७:३५:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । 

सडकमा राेकिराखेकाे ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीकाे ज्यान गएकाे हाे । 

दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुकाे पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

ट्रक चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनापछि स्थानीय बासिन्दाहरुले गरेको राजमार्ग बन्द प्रहरीले खुलाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया