पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
फागुन २७, २०८१ मंगलबार
बाँके – प्रहरीले दुई महिनाअघि नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको ठूलो परिमाणको यार्सागुम्बा लिलामी गर्नेक्रममा कमसल खालको यार्सा देखाइएको ब्यापारीहरुले दाबी गरेका छन् ।
मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पालगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको मिलेमतोमा कमसलखालको यार्सागुम्बा लिलामी प्रक्रियामा राखिएको दाबी गरेका हुन् ।
जिल्ला वन कार्यालय बाँकेले सोमबार यार्साको लिलामीका लागि टेण्डर खोल्ने क्रममा यार्सा देखेका व्यापारीहरुले नक्कली यार्सा गुम्बा देखाइएको दाबी गर्दै सत्यतथ्य छानविनको माग गरेका हुन् ।
भदौं १६ गते डोल्पाबाट नेपालगञ्ज आउनेक्रममा राँझा विमानस्थलमा ६ किलो १०० ग्राम जडिबुटीसहित डोल्पाका सुवर्णकुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो । बुढासँग तीन किलो ५०० ग्राम यार्सा ओसारपसारको अनुमति भए पनि बाँकीको थिएन ।
जहाजको हतारोका कारण आफू यार्सासहित अघिल्लो जहाजमा नेपालगञ्ज पुगेको र दोस्रो जहाजमा अनुमतीको कागजपत्र आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बुढाले बताउनुभयो । बुढाले सरकारी निकायबाट यार्सा ओसारपसारका लागि प्राप्त अनुमति पत्र जिल्ला वन कार्यालय र जिल्ला आदतलमा पेश गरिसकेको बताउनुभयो ।
बुढाले ६ किलो ४०० ग्राम यार्सा एक करोड ३२ लाख रुपैयाँमा खरिद गरेर ल्याएको बताउनुभयो । प्रहरी मुचुल्कामा भने ६ किलो १०० ग्राम मात्रै छ ।
जिल्ला वन कार्यालयले प्रतिकिलोको ३० हजार रुपैयाँ मूल्यांकन गरेको छ । एक करोड ३२ लाखमा खरिद गरिएको यार्सा दुई लाख रुपैयाँमा बिक्री नहुनेखालको भएको बुढाले दाबी गर्नुभयो । बुढा पाँच लाख ५० हजार रुपैयाँमा धरौटीमा रिहा हुनुभएको छ ।
बुढाले भने अहिले दुई महिनामै देखाइएको यार्सा नक्कली हो । वन कार्यालयका कर्मचारीले सुरुमा यार्सा देखाउन नमानेको ब्यवसायीहरुको दावी छ ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख इश्वरी पौडेलले लामो अनुसन्धानपछि अदालतमा मुद्धा दर्ता भएको, शील गरेको र सुरक्षा घेरामा रहेका कारण व्यवसायीले भने जस्तो यार्सा साटफेर हुने सम्भवना नै नरहेको बताउनुभयो । यार्सा लिलामीका लागि जिल्ला अदालतले असोज २२ गते आदेश दिएपछि वन कार्यालयले प्रक्रिया सुरु गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।