सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गयाे

 साउन १९, २०८० शुक्रबार १८:५०:५७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा करेन्ट लागेर एक महिलाकाे ज्यान गएकाे छ ।

सप्तरीकाे राजगढ गाउँपालिका-६ फकिरामा करेन्ट लागेर अन्दाजी ५८ वर्षीया दुर्गिदेवी साहकाे  ज्यान गएकाे हाे ।

खेतमा माेटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी शाहकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा ज्यान गएकाे हाे । 

 यस घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख १, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया