ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
पुस २, २०८१ मंगलबार
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्की धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले कार्कीलाई २५ हजार रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे ।
वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गएकाे असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउनुभएकाे थियाे ।
प्रहरीले याे मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै डेढ महिनापछि वडाध्यक्ष कार्कीले हिजो आइतवार जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गर्नुभएकाे थियाे ।
कार्की नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिका–२ को वडाध्यक्षमा दोस्राे कार्यकालका लागि निर्वाचित हुनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।