मकवानपुरको सिक्रेदोभानमा पहिरोमा परि बेपत्ता भएका ६ जनाकाे परिचय खुल्यो

 साउन २३, २०८० मंगलबार ९:५१:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको सिक्रेदोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ । अरु ६ जना अझै बेपत्ता भएका छन् । बिहान ४ बजे बाग्मती गाउँपालिका वडा नम्बर–५ सिक्रेदोभानमा भलसहित आएकाे पहिरोले घर बगाएको हो ।

स्थानीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा उद्धार गरिएकी उहाँकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

पहिरोमा परि ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उहाँकी छोरी २२ वर्षीया शीला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र पाहुना गएका सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । पहिरो गएको ठाउँ सिक्रेदोभान मकवानपुरको भोर्लेनी र काभ्रेको सीमा क्षेत्रमा पर्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Raw Been

    Aug. 8, 2023, 1:14 p.m.

    ए मुला पागल पत्रुकार। समाचार एक ठाउँ को अनि फोटो अर्को ठाउँ को??

  •  0 Reply

तपाईको प्रतिक्रिया