मकवानपुरमा पहिराे : २ जनाकाे शव फेला, ३ जना अझै बेपत्ता

 साउन २४, २०८० बुधबार १८:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – मकवानपुरको बाग्मती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।

बाग्मती गाउँपालिका वडा नम्बर ५ सिग्रेदोभानमा हिजो मङ्गलवार बिहान गएको पहिरोमा परेर बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उहाँकी २२ वर्षकी छोरी शीलाकाे शव १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीमा रहेको बाग्मती नदी बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोमा परेका अझै तीन जना बेपत्ता रहेका छन् । हराइरहेकामा अक्कलबहादुरका २५ वर्षका ज्वाइँ जीवन पहरी, चार वर्षका नाति मिलन र डेढ वर्षकी नातिनी दिव्या रहेका छन् । पहिरोमा परेर हिजै एक जनाको ज्यान गएको थियाे । पहिराेमा छ जना बेपत्ता भएकामा १६ वर्षका पासाङ घिसिङलाई १५ घण्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया