ईसेवाको तिहार अफर : एयरलाइन्सको टिकटमा शतप्रतिशत क्यासब्याक

 कात्तिक १४, २०७५ बुधबार ६:२८:४६ | उज्यालो सहकर्मी

काठमाडौं - ईसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत हरेक दिन ३ जना विजेता घोषित हुनेछन् । एयरलाइन्स टिकट लिनेमध्ये विजेता छनोट गरी प्रथम पुरस्कार स्वरुप शतप्रतिशत क्यासब्याक, दोस्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेस्रो पुुरस्कार स्वरुप ईसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।

ईसेवाले यसअघि दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । जुन उपहार योजनामा करिब ३ सयभन्दा बढीले उपहार जितेका थिए ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया