उपत्यकामा अब दिउँसो पनि टिप्पर चल्न पाउने

 कात्तिक १४, २०७५ बुधबार ८:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकामा अब दिउँसो पनि टिप्पर चल्न पाउने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख र पदाधिकारीको संयुक्त बैठकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेम्म टिप्पर चलाउन पाइने निर्णय गरेको हो ।

प्रतिघण्टा ३५ किलोमिटरको दरले टिप्पर चलाउन दिने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर टिप्पर  चलाउँदा सम्बन्धित निकायको अनुमति भने लिनुपर्ने महाशाखाले जनाएको छ ।

पुननिर्माण र भौतिक पूर्वाधार निर्माणमा अफ्ठयारो परेको भन्दै टिप्परलाई दिउँसोको समयमा पनि चलाउन अनुमति दिइएको छ । यसअघि टिप्परका कारण दुर्घटना बढेपछि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै चलाउन अनुमति दिइएको थियो । 


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया