प्रिमियर लिगमा नटिङ्घम फरेस्टले सेफिल्डलाई हरायो : आज पाँच खेल हुँदै

 भदौ २, २०८० शनिबार ९:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराएको छ । पहिलो जितसँगै नटिङ्घमले ३ अङ्क जोडेको छ ।

लिगको आफ्नो पहिलो खेलमा नटिङ्घम आर्सनलसँग पराजित भएको थियो । सेफिल्डको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सेफिल्ड क्रिष्टल प्यालेससँग पराजित भएको थियो । 

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे लिभरपुल र बर्नमाउथ, उल्भ्स र ब्राइटन तथा फुलह्याम र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

त्यस्तै, राति सवा १० बजे टोटनह्याम र म्यानचेस्टर युनाइटेड तथा राति पौने एक बजे म्यानचेस्टर सिटी र न्युक्यासल खेल्नेछन् । लुटन टाउन र बर्नलीबीचको आजको खेल भने स्थगित भएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया