इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

 बैशाख २५, २०८१ मंगलबार ६:५५:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । गएराति इङ्ल्यान्डको एल्डरशटमा रहेको ईबीबी स्टेडियममा भएको खेलमा नेपालले २–० को हार व्यहोरेको हो । इङ्ल्यान्ड लागि खेलको आठौँ मिनेटमा निक काबाम्बाले पहिलो गोल गरेका थिए ।

त्यस्तै १३ औँ मिनेटमा क्यालाम स्टेडले गोल गरे । यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो । दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड भ्रमणमा गएको हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया