धेरै ठाउँको मौसम बदली : आज पनि केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

 बैशाख २५, २०८१ मंगलबार ७:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुका काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का पानी परेको थियो । गएको २४ घण्टामा काठमाण्डौमा २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै ताप्लेजुङ र धनकुटामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने तथा अरु केहि ठाउँमा हल्का वर्षाको  सम्भावना छ ।

महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती र कोशी प्रदेशका एक–दुई ठाँउमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले  सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया