बाग्मती प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक

 भदौ ४, २०८० सोमबार १५:५७:४९ | हरि हुमागाईं
unn.prixa.net

हेटौंडा – बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज हेटौंडामा प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरेकाे छ ।

श्रम तथा रोजगार नीति सार्वजनिक कार्यक्रमको उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी श्रीजना गर्ने नीति अगाडि सारेको बताउनु भएको छ । अब सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग जोड्ने बताउनुभयो ।

अहिले प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट छुट्याएर त्यसबाट २० हजार किसानलाई जोड्ने दाबी गर्नुभयो । अब सीप सिकेर मात्र विदेश जानुपर्नेगरी सबै युवाहरुलाई सीप सिकाउनेतर्फ आफूहरु लागिपरेको बताउनुभयो ।

सामाजिक सुरक्षा कोषमा सरकारको लगानी नभएकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकले मात्र रकम लगानी गरेर हुँदैन सरकारको यसमा लगानी खोइ?’

बाग्मती प्रदेशका पत्रकारहरुका लागि पनि सामाजिक सुरक्षा कोषमा जानका लागि ५० लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको तर, यसमा काम गर्नका लागि महासंघले योजना नल्याएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संविधान भित्र रहेर मन्त्रालयले श्रम तथा रोजगार नीति ल्याएको बताउनुभयो ।

श्रमिकहरुको विकास गरेपछि मात्र राष्ट्रको विकास हुने बताउनुभयो । यो नीतिले वैदेशिक रोजगारमा जानेहरुलाई पनि न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री लम्सालले बताउनुभयो ।

अब मन्त्रालयले नीयम, कानुन र मापदण्ड बनाएर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव तीर्थराज भट्टराइले प्रदेशको श्रम तथा रोजगार नीतिका प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नरविक्रम थापा लगायतको आतिथ्यता रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया