'कसैलाई बचाउने र कसैलाई अप्ठ्याराेमा पार्ने काम गरेको छैन'

 भदौ १२, २०८० मंगलबार १२:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वमा सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

संसदमा मङ्गलवार आज भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा उहाँले भुटानी शरणार्थी प्रकरणमा राज्यले निष्पक्ष छानबिन गरिरहेको दाबी गर्नुभयो । उहाँले निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने नागरिकमा परेको बताउनुभयो । उहाँले कसैलाई बचाउने र कसैलाई अप्ठ्याराेमा पार्ने काम नगरेको बताउनुभयो ।

दोषी कोही पनि नछुटोस् र निर्दोष कोही पनि नपरोस् भन्ने उद्देश्यले काम गरिरहेकाले भ्रष्टाचारलगायतमा संलग्न जो सुकैलाई कारबाही हुने प्रचण्डको भनाइ छ । सांसद शाहले मुद्दा कमजोर बनाउन लागि परेको नेतृत्वबाट सुशासनको आशा कहिले गर्ने होला भन्ने प्रश्न गर्नु भएको थियो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया