सप्तरीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गयो

 भदौ १३, २०८० बुधबार १३:३१:१५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गयो । 

जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रम्पुरा टोल बस्ने शैलेन्द्र मण्डलको छोरा १२ वर्षीय आशिक मण्डलको मृत्यु भएको हो ।

आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया