रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरब...
फागुन २७, २०८१ मंगलबार
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा परेवाको उड्न नसक्ने बचेरा उडाउन रोक लगाएको छ ।
दर्शनार्थीले मन्दिरमा उडाएका उड्न नसक्ने र चारो खान नसक्ने परेवाको बचेरा मर्नाले हलेसीमा दुर्गन्ध फैलिएको मन्दै नगरपालिकाले उड्न नसक्ने कलिला बचेरा उडाउन रोक लगाएको हो । परेवाका उड्न नसक्ने बच्चा चढाउनाले त्यस्ता बच्चा तत्काल मर्ने र दुर्गन्ध भएकाले परेवाको उड्न नसक्ने बच्चा उडाउन रोक लगाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
नगरपालिकाले अवका दिनमा भाकल पूरा गर्नका लागि आफै चारो खान सक्ने तथा उड्न सक्ने परेवा मात्र चढाउन दर्शनार्थीलाई आग्रह गरेको छ । दैनिक बाक्लो भिड लाग्ने हलेसीमा भाकल पूरा गर्नेक्रममा दर्शनार्थीले परेवा तथा तीनका बच्चा उडाउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।