रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरब...
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी कतारको तीनदिने औपचारिक भ्रमण गरी बिहीबार स्वदेश फर्कनुभएको छ ।
कात्तिक १२ गते सोमबारदेखि कार्तिक १५ गतेसम्म मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गर्नु भई राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्कनु भएको हो ।
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा जानुभएको थियो । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत यहाँका सरकारी उच्च अधिकारीको भेटवार्ता भएको थियो ।
उहाँले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ उहाँसँग सम्मिलित उच्चस्तरीय सरकारी टोली पनि बिहीबार नै स्वदेश फर्किएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।