गोदाममै थन्कियो सहुलियत मूल्यको चिनी

 कात्तिक १६, २०७५ शुक्रबार ८:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – दसैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलका लागि आएको चिनी साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममै थन्किएको छ । सरकारले मूल्य निर्धारण नगर्दा साल्ट ट्रेडिङले सुपथ मूल्य पसलबाट सहुलियत दरमा चिनी बिक्री गर्न सकेको छैन । 

चिनीको मूल्य निर्धारण नभएपछि साल्ट ट्रेडिङले डोटीको दिपायलमा रहेको पिपल्ला बजारमा सञ्चालन गरिरहेको सुपथ मूल्य पसलमा नुन मात्र बिक्री भइरहेको छ । दसैँ अघिदेखि नै चिनी बिक्री गर्ने तयारी गरिए पनि आपूर्ति मन्त्रालयको निर्देशनपछि रोकिएको साल्ट ट्रेडिङ शाखा कार्यालय डोटी दिपायलले जनाएको छ । गएको असोज १४ मा आपूर्ति मन्त्रालयले ‘मूल्य निर्धारण नभएको’ भन्दै चिनीको बिक्री रोक्न निर्देशन दिएको थियो । 

साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय र अन्य ठाउँमा रहेका डिपोमा करिब साढे पाँच सय क्विन्टल चिनी एक महिनादेखि थन्किएको बताईएको छ । चाडपर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसलबाट बिक्री गर्न चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको थियो । 

तर, संसद्को सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएपछि देशभर नै सुपथ मूल्य पसलबाट चिनीको बिक्री वितरण रोकिएको हो । सुपथ मूल्यको चिनी अहिलेसम्म पनि बिक्रि बितरण नहुँदा डोटीका स्थानियबासीन्दा आक्रोसित बनेका छन् ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया