राष्ट्रिय लोक दोहोरी अवार्ड, मंंसिर २९ गते

 कात्तिक १६, २०७५ शुक्रबार १२:३५:१५ | उज्यालो सहकर्मी

काठमाडौं – ‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन’ भन्ने नारासहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको छैठौँ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ हुने भएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंद्वारा आयोजित विभिन्न ३२ वटा विधामा वितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार हुने समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी दिनुभयो । 

अवार्ड कार्यक्रम प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा हुने भएको छ । यस कार्यक्रममा कलाकारलाई अवार्ड वितरण गर्नुका साथै अग्रज कलाकारलाई पनि सम्मान गरिने छ । अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया